Wednesday 22 April 2009

Thursday 9 April 2009

किन...??

मनको फूलबारीलाई बाँजो पारी
पिरतिको फूल अन्तै किन सार्नु भाको!

कोपिला र बेर्ना पनि अरुलाई नै सुम्पी,
फुलिसकेको फूल पनि किन झार्नु भाको!

मायाको बिशाल तलाउ मनमा हुँदा पनि,
भित्रै दबाई त्यसलाई किन मार्नु भाको!

पिरतिको लडाईंमा आँफैलाई पछारेर,
जितिकन पनि फेरि किन हार्नु भाको!

आफ्नो भागको खुशीहरु आफैले नै कुल्ची,
अफ्ठेरो र रोदनमा जीबन किन पार्नु भाको!

Sunday 5 April 2009

....... अनि .......

गुनासोमा होइन यो जिन्दगी,
बाँचेकोछु गर्वमा अनि साहसमा,
अँधेरो र कम्जोरीमा त पक्कै होइन,
झन चम्किलो अनि सक्षमताको आसमा,

अँधेरोमा पनि त मानिस बाँचेकै हुन्छ,
पिडामा पनि अनि कती जलनमा पनि,
नशामा लर्बरिदा पनि त बाँचेकै हुन्छ,
अनि हारमा पनि र पस्चातापमा पनि,

तर म, अँधेरो मा प्रकाशको लागि बाँच्छु,
पिडा अनि जलनमा सितलताको लागि,
नशामा शायद वास्तविकताको लागि बाँच्छु,
हार अनि पस्चातापमा अर्को मौकाको लागि,

अन्धकार र मौनतामा म तिम्रै साथ् हुनेछु,
मायाको यो अत्भुत दियो जगाउदै,
उच्च ताँप र न्यस्रोपनमा त झनै हुनेछु
हाँसो र सितलताको मलम लगाउदै,

जब आँखा खुल्छ सुनौलो बिहानिमा,
मलाई पाउँछौ तिमी सधैं आफ्नो छेउमा,

Monday 8 December 2008

पर्खाइमा

उनको पर्खाइमा साँच्चै कती रात बिते,
कती ॠतु गए, कती फुल फुले,
तर आँउछु भनेर नआउने निस्ठुरी,
फुलमा भमरा भुले झै बिदेशमै भुले।।

उनको नाममा साँच्चै कती चिठ्ठी कोरेँ,
कती सन्देश पठाएँ, कती पल्ट बोलएँ,
तर कोर्छु भनी पत्र नकोर्ने निस्ठुरी,
आज मलाई बिर्सेंर खोइ कहाँ हराए।।।

उनको कामनामा साँच्चै कती आँशु झरे,
कती सिरनी भिजे, कती रसाए आँखाहरु,
तर सपनिमा आउने बाचा गरी नआउने निस्ठुरी,
भुलि सकेछौ त ति पुराना पिरतिका भाकाहरु।।।।

।।।

कसैको बन्छु भनेर कहाँ हुदो रैछ र..।
यो त सब भाग्यको कुरा पो रैछ नि..।।
कसैलाई आफ्नो बनाउन आफु कसैको हुने हो र..।।।
माया जोखिने तराजु त होइन, निश्चय नै साईनो हो..।।।।

खुशी बाडे बढ्दै जन्छ, दु:ख बाडे मेटिन्छ..।
साँचो मनले खोज्यो भने हरेक साथी भेटिन्छ।..।
खुशी बाडी हसो किन्ने, कहाँको यो चलन हो..।।।
यो त ब्यपारीको एऊटा बोली पो भयो त..।।।।

अरुलाई खुशी रखे, पक्कै आफु खुशी हुन्छ..।
जिन्दगीलाई दोष होइन, माया गर्दै अघी बढ..।।
हाँस्दै जाऊ रम्दै जाऊ, जिन्दजिलाई सजाऊदै जाऊ..।।।
राम्रो कुरा सिक्दै जाऊ, आफ्नो हस्त रेखा पढ..।।।।

Wednesday 12 November 2008

देश उभो लाग्ने कहिले?

मुलुक लाई नङ्ग्याएर आफ्नो छाला ढकाउने,
अरुको चुला निभाएर आफ्नो भात पकाउने,
बिदेशीको रिसले दाजु-भाईको रगत बगाउने,
नेपाल आमाको छाती बेचेर सत्रु फकाउने,

यस्तो नेता भएपछी, देश उभो लाग्ने कहिले?

तेल नपाको निउमा शहर भरी आगो लगाउने,
जागिर नपको निउमा आफ्नै घरको झ्याल फुटाउने,
नेपाल बन्द गरेर अरुको निजी सम्पत्ति जलाउने,
बिदेशी-पर्यटक हरुलाई हप्काइ-दप्काइ भगाउने,

यस्तो जनता भएपछी, देश उभो लाग्ने कहिले?

चामल भन्दा ढुङ्गा बढी मिसएर बेच्ने,
तेल भन्दा मट्टितेल बढी मिसएर बेच्ने,
सरकारी कर्मचारीलाई नपच्ने गरी धुस खुवाउने,
सोझा-साझा जनतालाई भने धुरु-धुरु रुवाउने,

यस्तो ब्यापारी भएपछी, देश उभो लाग्ने कहिले?

Thursday 23 October 2008

यो तिहार नि यस्तै भो दिदी....

आज फेरी केही अभाब झैँ लागेको छ,
तिमी बिनाको यो तिहारको साँझ,
न त दीप छ न त रङ्ग नै,
झिलिमिली यो परदेश शहरको माँझ,

समय चक्र आफ्नो तालमा छ,
आफ्नै तालमा छन यि शहरहरु पनि,
सयपत्री फुल फुल्न छोडेका छन आँगनमा,
छन टाढिएका सँगै मेरा रहरहरु पनि,

रोक्न खोजेको थिए यि आँखाका आशु,
तर रोकिएको छ ढुक्ढुकी तिमी बिना,
सप्तसङी टिकामा भुल्ने रहरहरु फेरी,
रहरैमा बितेका छन तिमी बिना,

यो तिहार नि यस्तै भो दिदी,
साथ दिए भाग्यले, अर्को साल भेटौँला,
मक्खमली र सयपत्रीको माला लगाई,
मनको धोको फेरी एकैसाथ मेटौँला,