Thursday 23 October 2008

यो तिहार नि यस्तै भो दिदी....

आज फेरी केही अभाब झैँ लागेको छ,
तिमी बिनाको यो तिहारको साँझ,
न त दीप छ न त रङ्ग नै,
झिलिमिली यो परदेश शहरको माँझ,

समय चक्र आफ्नो तालमा छ,
आफ्नै तालमा छन यि शहरहरु पनि,
सयपत्री फुल फुल्न छोडेका छन आँगनमा,
छन टाढिएका सँगै मेरा रहरहरु पनि,

रोक्न खोजेको थिए यि आँखाका आशु,
तर रोकिएको छ ढुक्ढुकी तिमी बिना,
सप्तसङी टिकामा भुल्ने रहरहरु फेरी,
रहरैमा बितेका छन तिमी बिना,

यो तिहार नि यस्तै भो दिदी,
साथ दिए भाग्यले, अर्को साल भेटौँला,
मक्खमली र सयपत्रीको माला लगाई,
मनको धोको फेरी एकैसाथ मेटौँला,

Thursday 16 October 2008

यसपली को दसैं मेरो....

आज फेरी बोतल खोली,
बसेँ एउटा कुनामा एक्लै।
सबैको दसैं होला एकैनासको,
तर मेरो दसैं अली अली बेग्लै।

छन सबै आफ्नो मान्छे, अनी आफन्त पनि,
परिवार पनि छन, माया गर्ने मान्छे पनि।
पर्खेर पो बसेकी होलिन आमा मलाई,
दसैंमा त छोरा पक्कै घर आउछ कि भनी।

एउटा बोतल सकियो अर्को खोलियो,
छोडिएको बिडी पनि फेरी तनियो।
रोटी पिङ र लिङे पिङ रहरैमा बिते,
आँफै च्याँखे थापी आँफै कौडी हानियो।

यसपली को दसैं मेरो यसरी नै बित्यो,
मत्तिएर भुईमा लड्दा अधेरोले जित्यो।
बोतल माथि बोतल थपेँ, खुशी थपिएन,
बिछोडको समय मेरो अझै सकिएन...............अझै सकिएन।

Saturday 4 October 2008

सुन्‍यता

बिछोडलाइ जिताउनुमा तिम्रो पनि हात होला,
पराइ भनी लत्‍याइदिने यो समाजमा चलन चल्‍यो,
हासुन जेल साथ दिइ सुन्‍यतामा छोडी जादा,
मदिराको साथसँगै सारा जिवन त्‍यसै ढल्‍यो,

आज भन्दा भोली अझै, जिन्दगी यो मोडिदैछ।
मार्ग शायद अलग हुँदै सुन्यतामा दौडिदैछ।
जीवनको मिठो यो पल, गुनासो मै पोखाउछौ किन।
ईशाराले बोलएको भए, आउथेँ बरु आँफै लिन।

बिछोडलाई जिताउनुमा तिम्रो पनि हाथ होला।
किनारा बनी बसेथेँ म, तिमी गयौ खोलै खोला।