Sunday 6 April 2008

के यो प्रेम त हैन...

तिम्रो सम्झनामा दिन बिताउदै छु,
मन मनै तिम्रो तस्बिर सजाउदैछु,
के भो मलाई म आफैलाई थाहा छैन,
सपनिमा आउछ्यौ सधै, के यो प्रेम त हैन??

आँखा वरिपरि घुमिरहन्छयौ,
चारै तिर सुबास छरिरहन्छ्यौ,
हराउछु म आजकाल कतै तिमीले मलाई,
मन भित्र लुकाएर राखेकि त छैनौ??

जिन्दगी मेरो ओझेलमा छ,
तिम्रो आगमनको प्रतिक्षामा,
साथ कसैको खोजिरहेछ,
हरपल डुबिरहेको छु तिम्रो सम्झनामा,

ओझेल यो जिवनलाई हरियालि बनाई देउ,
उदास यो जिवनमा मायाको रँग खन्याई देउ,
नमरुञ्जेल सम्म तिम्रै साथ हुन्छु,
सयपत्रि फूलको माला झैं यो माया गांसिदेउ,

यो आँखाले पर्खिरहेछ,
बसेको छु मनको ढोका उघारि,
सजाएर राखेको छु तिम्रो मुहार,
यो मुटुको भित्ता(पन्ना) भरि,


-Ram
(For Sumi)

(timro samjhana ma din bitaudai chhu,
man manai timro tasbir sajaudai chhu,
k bho malai, ma aafailai thaha chhaina,
sapani ma aauchhau sadhai, k yo prem ta hoina??

aakha waripari ghumirahanchhau,
charai tira subas chhari rahanchhau,
harauchhu ma aajkal katai timi le malai,
mann bhitra lukayera rakheki ta chhainau??

jindagi mero ojhel ma chha,
timro aagaman ko pratikshyama,
sath kasaiko khojirahechha,
harpal dubiraheko chhu timro samjhana ma,

ojhelo yo jiwan lai hariyali banaideu,
udas yo jiwan ma mayako ranga khanyaideu,
namarunjel samma timrai sath hunchhu,
fsayepatri ko phool jhai yo maya lai sajaideu,

yo aakha le parkhirahechha,
baseko chhu mann ko dhoka ughari,
sajayera rakheko chhu timro muhar,
yo mutu ko bhitta (panna) bhari,)

Thursday 3 April 2008

मर्न पनि सकिन...

दाग लाग्‍यो मायाको,
समाजले बाच्‍न दिएन....!!
सम्‍झनाले आदि ज्‍यान गईसक्‍यो,
जाने कुनै बाटो थिएन.......!!

मर्न पनि सकिन त्रिशुलिमा हाम-फालेर...
बाच्‍न झनै गार्हो भो दुनियाको रिस पालेर...

दोष लाग्‍यो धोकाको,
सफाईको मौका दिएन.....!!
नाना थरि भन्‍नेलाई के भनौ,
मेरो लागि कुनै शब्‍द थिएन...!!

मर्न पनि सकिन पिपलको रूखमा झुण्‍डिएर...
बाच्‍न झनै गार्हो भो समाजको बचन सुनेर...

आशु खस्‍यो तप्‍प चुहिएर,
स्‍‍वर्गबासी पतिको तस्‍बिर मा...!!
न त छ पोते तिलहरि गला मा,
न त सिन्‍दरले भरिएको सिउदो सिर मा...!!

मर्न पनि सकिन एक मुठ्‍ठी बषको रस पिएर....
बाच्‍न झनै गार्हो भो नपखालिने दग धोएर...

छिटै लिन आउनु होस यमराज,
मेरो मर्म बुझ्‍ने कोहि छैनन् यहा...!!
जान चहान्‍छु म छिटै त्‍यहा,
मेरो पति पर्मेस्‍वर छन जहा...!!

मर्न पनि सकिन त्रिशुलिमा हाम-फालेर....
बाच्‍न झनै गार्हो भो दुनियाको रिस पालेर...

-Ram