दाग लाग्यो मायाको,
समाजले बाच्न दिएन....!!
सम्झनाले आदि ज्यान गईसक्यो,
जाने कुनै बाटो थिएन.......!!
मर्न पनि सकिन त्रिशुलिमा हाम-फालेर...
बाच्न झनै गार्हो भो दुनियाको रिस पालेर...
दोष लाग्यो धोकाको,
सफाईको मौका दिएन.....!!
नाना थरि भन्नेलाई के भनौ,
मेरो लागि कुनै शब्द थिएन...!!
मर्न पनि सकिन पिपलको रूखमा झुण्डिएर...
बाच्न झनै गार्हो भो समाजको बचन सुनेर...
आशु खस्यो तप्प चुहिएर,
स्वर्गबासी पतिको तस्बिर मा...!!
न त छ पोते तिलहरि गला मा,
न त सिन्दरले भरिएको सिउदो सिर मा...!!
मर्न पनि सकिन एक मुठ्ठी बषको रस पिएर....
बाच्न झनै गार्हो भो नपखालिने दग धोएर...
छिटै लिन आउनु होस यमराज,
मेरो मर्म बुझ्ने कोहि छैनन् यहा...!!
जान चहान्छु म छिटै त्यहा,
मेरो पति पर्मेस्वर छन जहा...!!
मर्न पनि सकिन त्रिशुलिमा हाम-फालेर....
बाच्न झनै गार्हो भो दुनियाको रिस पालेर...
-Ram
Thursday, 3 April 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment