Thursday 23 October 2008

यो तिहार नि यस्तै भो दिदी....

आज फेरी केही अभाब झैँ लागेको छ,
तिमी बिनाको यो तिहारको साँझ,
न त दीप छ न त रङ्ग नै,
झिलिमिली यो परदेश शहरको माँझ,

समय चक्र आफ्नो तालमा छ,
आफ्नै तालमा छन यि शहरहरु पनि,
सयपत्री फुल फुल्न छोडेका छन आँगनमा,
छन टाढिएका सँगै मेरा रहरहरु पनि,

रोक्न खोजेको थिए यि आँखाका आशु,
तर रोकिएको छ ढुक्ढुकी तिमी बिना,
सप्तसङी टिकामा भुल्ने रहरहरु फेरी,
रहरैमा बितेका छन तिमी बिना,

यो तिहार नि यस्तै भो दिदी,
साथ दिए भाग्यले, अर्को साल भेटौँला,
मक्खमली र सयपत्रीको माला लगाई,
मनको धोको फेरी एकैसाथ मेटौँला,

No comments: