पाटीको छ बास,
माथि निलो आकाश,
माग्छ भोको पेटले,
सानो एउटा गाँस,
एक्लिएको जीवनमा,
खोजेथेँ एउटा साथी,
तल झर्न खोज्दा..
पुगियो धेरै माथि,
लामो छ दारी,
चाउरिएको गाला,
दाउराको चितामा,
चढाईएको छ माला,
दन्किएको पलङमा,
निदाउन पो पुगेछु,
आगोको राप पत्तै भएन,
खरानी पो भई सकेछु
Wednesday, 10 September 2008
Tuesday, 2 September 2008
म......... (जेठी छोरी)
(आज अमृत १ बर्ष पुरा भएको छ...... र उसको जन्मदिन धुमधमले मनाइरहेको छन उनको बाबु-आमा..... तर अमृतको दिदी "अनिता" अहिले सम्म स्कुलबाट फर्केर आएको छैन....)
(स्कुलको बगैचामा.........)
“ए अनीता, किन घर नगई यहाँ खेलेर बसिरहेकि हँ ” -सुशिला मिसको आवाज सुनेर अनीता झस्किन्छे। अनि सारदासँगै घरतिर लाग्छे। अनीताको चालामाला देखेर सारदा छक्क पर्दै सोध्न पुग्छिन, “होइन आज तलाइ के भएको छ हँ अनीता, बोल्दा पनि बोल्दिनस्, मुख पनि अधेरो छ”। अनीताले अधेरो अनुहार बनाउदै सारदा भए तिर हेरी र जवाफ दिई, “आज भाईको जन्मदिन छ, घरमा ममुले सबैजनालाइ बोलाउनु भएकोछ, मेरो जन्मदिनमा त कोइ नि आएको थिएन”। अनीताको कुरा सुनेर सारदाले भनि, “धट लाटि, त्यति जाबो कुरामा नि किन आत्तेको तँ” अनिताले फेरि जवाफ दिई, “मलाइ मामुले भाइ आए देखि काखमा नै राख्नु भाको छैन, म भाइ अगादि गएर बसेँ भने पनि गालि गर्नु हुन्छ, पापा ल्याए पनि पहिले भाइलाइ, खेलौना ल्यए पनि पहिला भाईलाई, मलाइ चाहि भाईले खाएर बचेको मात्रै पाउछु। बाहिर कतै जानु पर्यो भने पनि भाईलाई मात्रै लिएर जानुहुन्छ। मलाई त एक्लै छोडेर जनु हुन्छ। त्यसैले मलाई त घरमा जानै मन लाग्दैन, बरु स्कुलमा नै रमाइलो लग्छ”
अनिताको कुरा सुनेर सारदालाई पनि नरमाइलो लाग्यो। सारदाको मामुले पनि भाई/बहिनी पाउने वाला थियो। अनिताको कुराले त सारदाको मनमा अनेक कुरा पो खेल्न थाल्यो। चिन्तामा पार्यो। "कतै मलाई पनि मामुले भाई/बहिनी आएपछी माया गर्न पो छोड्ने हो कि" सोचमा डुन्दै- "होइन होइन, मेरो मामु ले त मलाई सधैं माया गरी रहनु हुन्छ, मलाई त मामु ले घरमा पुग्ने बित्तिकै मिठो मिठो खान दिनुहुन्छ अनी मलाई काखमा रखेर मिठो-मिठो कुरा गर्नुहुन्छ, यो अनिताले पनि त्यत्तिकै के-के भन्छे" भन्दै घर तिर लगिन। सारदा घरमा पुगेर हत्तार हत्तार मामुलाई खोज्दै एता उता हेर्छिन, तर मामुले जवाफ नदिएकोले मामुसँग रिसाउदै भुइमा टुसुक्क बस्छिन। अगी बाटोमा सारदाले भनेकी हरेक कुराहरु सम्झिन्छिन र अतालिन पुग्छिन। अस्ती तल्लो घरको साउनी काकीले "अब तिम्रो भाई/बहिनी आए पछी त तिम्रो भाग चकलेट, चाउचाउ, बिस्कूट, सबै तिम्रो भाई/बहिनीले खाईदिन्छ, तिमीलाई त केही नि बाँकी रहदैन, मामुले त अब सबै भाई/बहिनी लाई किन्दिने रे, तिमीलाई कस्ले किन्दिन्छ अब?" भनेर जिकाउदै भन्नु भएको कुर पनि सम्झिन। त्यतिखेर त सारदाले " अँ होला, मलाई त मेरो मामुले धेरै माया गर्नु हुन्छ, अनी त सबै मैले पाईहाल्छु नि" भन्दै मामुको अनुहार हेर्दै "हगी मामु" भनेकी थिईन। तर अहिले त्यो सबै "सत्य त होइन?" भन्दै सोच्दै बसेकी थिई।
ढोका एक्कासी खोलेको आवाजले सारदा झस्किन्छिन।
"के भयो नानु, किन तर्सिनु भको?" सुमिता माइजूको आवाज सुनेर सारदा आँखा मिच्दै माइजू भए तिर लगिन। "माइजू, मामु खोइ?" --- "मामु त बहिनी लाई लिन अस्पातल जानु भा'को छ। भरे बहिनीलाई लिएर आउनुहुन्छ। नानुलाई बहिनी मन पर्छ कि भाई?" माइजूको कुरा सुनेर सारदा छक्क पारीन र एकछिन पछी जवाफ दिइन। "मलाई त बहिनी नै मन पर्छ"।सारदा मन मनै सोच्न पुग्छिन, "अनिताको त भाई भएर पो.......... मेरो त बहिनी......... मलाई त मामुले पहिलेको जस्तै माया गर्नु हुन्छ" सारदा आफ्नै दुनियाँमा दँग पर्दै सोचमा दुब्छिन।
त्यतिकैमा मामु पनि बहिनीलाई लिएर घर आईपुग्नु हुन्छ र सबैजना बहिनीलाइ मत्र धेरै माया गरेको देखेर सारदाको मन खिन्न हुन्छ। सारदालाइ खाजा पनि खन मन लाग्दैन र आखामा आशु त्यतिकै भरिएर आउछ। “मलाइ सधै स्कूल बाट आउनासाथ काखमा राख्नु हुने मामुले आज त मलाइ खाजा खाइस कि खाइनस भनेर पनि सोध्नु भएन” सारदाको मन भक्कनो परेर रोइरहेको थियो। त्यतिका बेर सम्म पनि कसैको ध्यन सारदा माथि नगएको देखेर सारदा आफै उठेर आफ्नो हजुर-बाबाको कोठा तिर लग्न पुग्छिन। अनि हजुर-बाबाको काखमा बसेर सुक्क सुक्क रुन थाल्छिन।
“होइन आज हाम्रो नानु लाई के भयो, किन रोएकि नानी तिमी?” हजुर-बाबा ले सोध्नु भएको कुराको कुनै जवाफ नपाए पछि हजुर-बाबा छक्क पर्दै सारदा लाई फेरि सोध्नु हुन्छ, “ नानु, ए नानु, के भयो बा तिमीलाई, किन रोएकी?” हजुर-बाबाको ठुलो स्वर सुनेर सारदाको बोलि बल्ल-बल्ल अलि अलि फुट्न थाल्यो। “ आज म स्कुल बाट आ उदा घरमा त कोई पनि हुनु हुन्न थियो। मामु पनि अस्पताल जानु भएको रे, बाबा पनि बहिनी लाई नयाँ नाना किन्न जानु भा'को रे, मलाई त कसैले पनि माया गर्नु हुन्न रे अब त। मामु ले पनि अब त बहिनी लाइ मात्र माया गर्नु हुन्छ। मलाई त…!!” कुरा नसकिदै सारदाको बोलि हराएर गयो। सारदाको मनमा चट्टान बज्रिएको थियो। हजुर-बाबाको छातीमा टाँसिएर रोइरहेको सारदा लाई देखेर हजुर-बाबाको पनि आखा रसायो। “धत नानु, त्यस्तो कुरा पनि गर्ने हो त।।? बहिनी त अहिले सानो छ, हिड्न पनि सक्दैन, बोल्न पनि सक्दैन, नानु जस्तो बलियो पनि भा'को छैन, त्यही भएर पो सबैले बहिनी लाइ हेरचाह गरेको त।” सारदाले हजुर-बाबालाई टुलुटुलु हेर्दै थिई र हजुर-बाबा भन्दै थिए, “अब त नानुले पनि बहिनी लाइ माया गर्नु पर्छ, बहिनीको हेरबिचार गर्नु पर्छ, तिमी सानु हुदा तिमीलाई पनि सबैले त्यस्तै माया गर्नु भएको थियो नि” हजुर-बाबाको कुरा सुनेर सारदाले जवाफ दि ईन। “ अँ होला, मलाइ त थाहा छैन” सारदाको कुरा सुनेर हजुर-बाबाले हास्दै भन्नु भयो, “तिमी सानु थियौ नि त, अनि कहा बाट थहा हुन्छ त” “अनि के, बहिनीलाई पनि केहि थहा हुदैन त पछि?” सारदाले छक्क पर्दै सोधिन। हजुरबाबा- “हुदैन नि, ल अहिले बहिनी सँग गएर कुरा गर त, उसले केहि जवाफ नै दिन सक्दिन। त्यसैले त सबैजना मिलेर बहिनीको हेरचाह गर्नु पर्छ नि”। हजुरबाबाको कुरा सुनेर सारदाको मन अलि हलुका भयो।
हजुर-बाबाले सारदाको हाथ समातेर बहिनी भएको ठाँ उमा लिएर जानु भयो र उसलाई बहिनी भएको ठाँ उमा छोडेर जानु भयो। बहिनी सँग खेलिरहेको सारदा लाई देखेर उसको मामु आत्तिदै ठुलो स्वर पारेर कराउनु भयो। “सारदा, के गर्दै छस बहिनी लाई? नचला” सारदा झसँग भ ईन, मामुको आवाज र त्यसमा भएको कडक सुनेर सारदाको मन थामिन सकेन र भक्कानो छोडेर रुन थलिन। यसरी रोएको देखेर मामु अचम्ममा पर्नु भयो र सारदा लाई काखमा राखेर फकाउदै भन्नु भयो, “बहिनी अहिले सानो छ, तिमीले बहिनीलाई चलाउदा बहिनीलाई दुख्छ कि भनेर पो कराएकि त मैले, अहिले त बहिनीलाई छोए मात्र पनि दुक्छ। बोल्न सक्दिन नि अहिले, भोलि-पर्सि अलि ठुलि भएपछि सँगै खेल न है नानु” मामुको कुरा सुन्दै रोइरहेकि सारदा को मुख बाट एक्कसि -“मलाई पनि अलि अलि माया गर्नुस् है मामु”- सब्द निस्कियो। मामुको आँखा बाट आँशु टप्प टप्प चुहिन थल्यो। सारदालाई अँगालोमा च्यापेर मामुले भन्नु भयो “म नानुलाई माया गरिहल्छु नि, तिमी किन डराएकि” सारदा मामुको काखमा बसेर रोईरही- रोईरही।। बस रोईरही!!
(......कतै तपाईं हामीले पनि यस्तो सानो गल्ती त गरेका छैनौ? जुन सानो गल्तीले एउटा नाबालकको मन रोइरहेको त छैन?............. )

Subscribe to:
Posts (Atom)