पाटीको छ बास,
माथि निलो आकाश,
माग्छ भोको पेटले,
सानो एउटा गाँस,
एक्लिएको जीवनमा,
खोजेथेँ एउटा साथी,
तल झर्न खोज्दा..
पुगियो धेरै माथि,
लामो छ दारी,
चाउरिएको गाला,
दाउराको चितामा,
चढाईएको छ माला,
दन्किएको पलङमा,
निदाउन पो पुगेछु,
आगोको राप पत्तै भएन,
खरानी पो भई सकेछु
Wednesday, 10 September 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment