बिस्कुन सुका छु पालीमा,
गाई सारि सकें आगनमा,
छोरालाई कोक्रोमा हाली,
सुताई आएं त्यो पिंढीमा,
के गर्नु, मेलापात नगरि,
घरको चुल्हो जल्दैन त,
मत्तितेलको टुकी नबालि,
अधेंरोमा बत्ति बल्दैन त,
हली लाउने आई सकेछन्,
खेतालो नि जम्मा भए,
पर्म जाने पालो पो थियो कि,
हतार भयो ल म त गएं,
छुपु-छुपु धान रोप्दै छ,
मस्किदै छन् हेर ति जोडी,
दुई जिउ कि म एक्लि हुंदा,
खसम गयौ मलाइ छोडि,
साईली भाउजु आउनु भयो,
साईला दाईलाई खाजा बोकि,
अल्पत्र पारि मलाइ खसम,
शहरमा हराको पो हो कि,
बजार पनि जानु छ,
एक बिसौली चिनी अनि एक चौथाई तेल,
खुर्सानी एक पाउ साहुजी,
खातामा लेख्नु है आजको किनमेल,
उधारो नि दिन्न भन्छन्,
आजकाल साहुजी खाताको पन्ना गन्छ,
कति लिनु उधारो नि,
रिनै रिनमा डुबि सकें,
पधेंरो पो जानु थियो,
पानी भरि ल्याउनु थियो,
तारे माले कराउदै छ,
घाँस पनि हाल्नु थियो,
भुन्टेको बाउ बिदेशिएको,
भै सकेछ चार बर्ष,
छोरोले अनुहार देख्न पाए,
हुने थियो कस्तो हर्ष।।
-Ram
(dedicated to all woman who lives in village with all these problems)
Wednesday, 19 March 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment