Wednesday, 19 March 2008

भएछ खरानी जलेर ।।

गाँजलु आँखा ओभानो भै सकेछ,
सकिएछ... झरेछ आँशु चुहिएर...!!
कलकलाउदो यि हरियो पालुवा झैं जिवन,
धुँवा बनि उडेछ... भएछ खरानी जलेर...!!

मायाको एक अनौठो अनुभब,
यादहरु ओईरिएछ, बिचलिएर...!!
पिरतीको यो अनौठो बिश्वास,
माया झन गाढिएछ, तिखारिएर...!!

देखेको थिए कति सपनीहरु,
आँशुमा डुबेछ, बगेछ पखालिएर...!!
बुनेका थिएं कति धेरै खुशीहरु,
टुक्रिएछ, छरिएछ लथालिङ्गिएर...!!

बटुलेको थिएं कति मिठो यादहरु,
हावाले उडाएछ, गएछ बतासिएर...!!
साँचेको थिएं कति धेरै माया,
मुटु भित्रै निचोरिएछ अतालिएर...!!

आँखाको त्यो अमूल्य आँशु,
झरेछ थोपा थोपा बर्सेछ गर्जिएर...!!
मुटुमा चट्टान खसेछ अझै,
थिचेछ आफैलाई, पछारिएछ बज्रिएर...!!

अबिश्वासको त्यो कमजोर खम्बा,
चर्किएछ, लडेछ भत्किएर...!!
नशामा डुबेको ति अचल आँखा,
पछारिएछ, ढलेछ मात्तिएर...!!

गाँजलु आँखा ओभानो भै सकेछ,
सकिएछ झरेछ, आँशु चुहिएर...!!
कलकलाउदो यि हरियो पालुवा झैं जिवन,
धुँवा बनि उडेछ, भएछ खरानी जलेर...!!

भएछ खरानी जलेर ।।

-Ram

No comments: