Monday, 8 December 2008

पर्खाइमा

उनको पर्खाइमा साँच्चै कती रात बिते,
कती ॠतु गए, कती फुल फुले,
तर आँउछु भनेर नआउने निस्ठुरी,
फुलमा भमरा भुले झै बिदेशमै भुले।।

उनको नाममा साँच्चै कती चिठ्ठी कोरेँ,
कती सन्देश पठाएँ, कती पल्ट बोलएँ,
तर कोर्छु भनी पत्र नकोर्ने निस्ठुरी,
आज मलाई बिर्सेंर खोइ कहाँ हराए।।।

उनको कामनामा साँच्चै कती आँशु झरे,
कती सिरनी भिजे, कती रसाए आँखाहरु,
तर सपनिमा आउने बाचा गरी नआउने निस्ठुरी,
भुलि सकेछौ त ति पुराना पिरतिका भाकाहरु।।।।

।।।

कसैको बन्छु भनेर कहाँ हुदो रैछ र..।
यो त सब भाग्यको कुरा पो रैछ नि..।।
कसैलाई आफ्नो बनाउन आफु कसैको हुने हो र..।।।
माया जोखिने तराजु त होइन, निश्चय नै साईनो हो..।।।।

खुशी बाडे बढ्दै जन्छ, दु:ख बाडे मेटिन्छ..।
साँचो मनले खोज्यो भने हरेक साथी भेटिन्छ।..।
खुशी बाडी हसो किन्ने, कहाँको यो चलन हो..।।।
यो त ब्यपारीको एऊटा बोली पो भयो त..।।।।

अरुलाई खुशी रखे, पक्कै आफु खुशी हुन्छ..।
जिन्दगीलाई दोष होइन, माया गर्दै अघी बढ..।।
हाँस्दै जाऊ रम्दै जाऊ, जिन्दजिलाई सजाऊदै जाऊ..।।।
राम्रो कुरा सिक्दै जाऊ, आफ्नो हस्त रेखा पढ..।।।।

Wednesday, 12 November 2008

देश उभो लाग्ने कहिले?

मुलुक लाई नङ्ग्याएर आफ्नो छाला ढकाउने,
अरुको चुला निभाएर आफ्नो भात पकाउने,
बिदेशीको रिसले दाजु-भाईको रगत बगाउने,
नेपाल आमाको छाती बेचेर सत्रु फकाउने,

यस्तो नेता भएपछी, देश उभो लाग्ने कहिले?

तेल नपाको निउमा शहर भरी आगो लगाउने,
जागिर नपको निउमा आफ्नै घरको झ्याल फुटाउने,
नेपाल बन्द गरेर अरुको निजी सम्पत्ति जलाउने,
बिदेशी-पर्यटक हरुलाई हप्काइ-दप्काइ भगाउने,

यस्तो जनता भएपछी, देश उभो लाग्ने कहिले?

चामल भन्दा ढुङ्गा बढी मिसएर बेच्ने,
तेल भन्दा मट्टितेल बढी मिसएर बेच्ने,
सरकारी कर्मचारीलाई नपच्ने गरी धुस खुवाउने,
सोझा-साझा जनतालाई भने धुरु-धुरु रुवाउने,

यस्तो ब्यापारी भएपछी, देश उभो लाग्ने कहिले?

Thursday, 23 October 2008

यो तिहार नि यस्तै भो दिदी....

आज फेरी केही अभाब झैँ लागेको छ,
तिमी बिनाको यो तिहारको साँझ,
न त दीप छ न त रङ्ग नै,
झिलिमिली यो परदेश शहरको माँझ,

समय चक्र आफ्नो तालमा छ,
आफ्नै तालमा छन यि शहरहरु पनि,
सयपत्री फुल फुल्न छोडेका छन आँगनमा,
छन टाढिएका सँगै मेरा रहरहरु पनि,

रोक्न खोजेको थिए यि आँखाका आशु,
तर रोकिएको छ ढुक्ढुकी तिमी बिना,
सप्तसङी टिकामा भुल्ने रहरहरु फेरी,
रहरैमा बितेका छन तिमी बिना,

यो तिहार नि यस्तै भो दिदी,
साथ दिए भाग्यले, अर्को साल भेटौँला,
मक्खमली र सयपत्रीको माला लगाई,
मनको धोको फेरी एकैसाथ मेटौँला,

Thursday, 16 October 2008

यसपली को दसैं मेरो....

आज फेरी बोतल खोली,
बसेँ एउटा कुनामा एक्लै।
सबैको दसैं होला एकैनासको,
तर मेरो दसैं अली अली बेग्लै।

छन सबै आफ्नो मान्छे, अनी आफन्त पनि,
परिवार पनि छन, माया गर्ने मान्छे पनि।
पर्खेर पो बसेकी होलिन आमा मलाई,
दसैंमा त छोरा पक्कै घर आउछ कि भनी।

एउटा बोतल सकियो अर्को खोलियो,
छोडिएको बिडी पनि फेरी तनियो।
रोटी पिङ र लिङे पिङ रहरैमा बिते,
आँफै च्याँखे थापी आँफै कौडी हानियो।

यसपली को दसैं मेरो यसरी नै बित्यो,
मत्तिएर भुईमा लड्दा अधेरोले जित्यो।
बोतल माथि बोतल थपेँ, खुशी थपिएन,
बिछोडको समय मेरो अझै सकिएन...............अझै सकिएन।

Saturday, 4 October 2008

सुन्‍यता

बिछोडलाइ जिताउनुमा तिम्रो पनि हात होला,
पराइ भनी लत्‍याइदिने यो समाजमा चलन चल्‍यो,
हासुन जेल साथ दिइ सुन्‍यतामा छोडी जादा,
मदिराको साथसँगै सारा जिवन त्‍यसै ढल्‍यो,

आज भन्दा भोली अझै, जिन्दगी यो मोडिदैछ।
मार्ग शायद अलग हुँदै सुन्यतामा दौडिदैछ।
जीवनको मिठो यो पल, गुनासो मै पोखाउछौ किन।
ईशाराले बोलएको भए, आउथेँ बरु आँफै लिन।

बिछोडलाई जिताउनुमा तिम्रो पनि हाथ होला।
किनारा बनी बसेथेँ म, तिमी गयौ खोलै खोला।

Wednesday, 10 September 2008

जीवन यात्रा

पाटीको छ बास,
माथि निलो आकाश,
माग्छ भोको पेटले,
सानो एउटा गाँस,

एक्लिएको जीवनमा,
खोजेथेँ एउटा साथी,
तल झर्न खोज्दा..
पुगियो धेरै माथि,

लामो छ दारी,
चाउरिएको गाला,
दाउराको चितामा,
चढाईएको छ माला,

दन्किएको पलङमा,
निदाउन पो पुगेछु,
आगोको राप पत्तै भएन,
खरानी पो भई सकेछु

Tuesday, 2 September 2008

म......... (जेठी छोरी)

(आज अमृत १ बर्ष पुरा भएको छ...... र उसको जन्मदिन धुमधमले मनाइरहेको छन उनको बाबु-आमा..... तर अमृतको दिदी "अनिता" अहिले सम्म स्कुलबाट फर्केर आएको छैन....)

(स्कुलको बगैचामा.........)
“ए अनीता, किन घर नगई यहाँ खेलेर बसिरहेकि हँ ” -सुशिला मिसको आवाज सुनेर अनीता झस्किन्छे। अनि सारदासँगै घरतिर लाग्छे। अनीताको चालामाला देखेर सारदा छक्क पर्दै सोध्न पुग्छिन, “होइन आज तलाइ के भएको छ हँ अनीता, बोल्दा पनि बोल्दिनस्, मुख पनि अधेरो छ”। अनीताले अधेरो अनुहार बनाउदै सारदा भए तिर हेरी र जवाफ दिई, “आज भाईको जन्मदिन छ, घरमा ममुले सबैजनालाइ बोलाउनु भएकोछ, मेरो जन्मदिनमा त कोइ नि आएको थिएन”। अनीताको कुरा सुनेर सारदाले भनि, “धट लाटि, त्यति जाबो कुरामा नि किन आत्तेको तँ” अनिताले फेरि जवाफ दिई, “मलाइ मामुले भाइ आए देखि काखमा नै राख्नु भाको छैन, म भाइ अगादि गएर बसेँ भने पनि गालि गर्नु हुन्छ, पापा ल्याए पनि पहिले भाइलाइ, खेलौना ल्यए पनि पहिला भाईलाई, मलाइ चाहि भाईले खाएर बचेको मात्रै पाउछु। बाहिर कतै जानु पर्यो भने पनि भाईलाई मात्रै लिएर जानुहुन्छ। मलाई त एक्लै छोडेर जनु हुन्छ। त्यसैले मलाई त घरमा जानै मन लाग्दैन, बरु स्कुलमा नै रमाइलो लग्छ”

अनिताको कुरा सुनेर सारदालाई पनि नरमाइलो लाग्यो। सारदाको मामुले पनि भाई/बहिनी पाउने वाला थियो। अनिताको कुराले त सारदाको मनमा अनेक कुरा पो खेल्न थाल्यो। चिन्तामा पार्यो। "कतै मलाई पनि मामुले भाई/बहिनी आएपछी माया गर्न पो छोड्ने हो कि" सोचमा डुन्दै- "होइन होइन, मेरो मामु ले त मलाई सधैं माया गरी रहनु हुन्छ, मलाई त मामु ले घरमा पुग्ने बित्तिकै मिठो मिठो खान दिनुहुन्छ अनी मलाई काखमा रखेर मिठो-मिठो कुरा गर्नुहुन्छ, यो अनिताले पनि त्यत्तिकै के-के भन्छे" भन्दै घर तिर लगिन। सारदा घरमा पुगेर हत्तार हत्तार मामुलाई खोज्दै एता उता हेर्छिन, तर मामुले जवाफ नदिएकोले मामुसँग रिसाउदै भुइमा टुसुक्क बस्छिन। अगी बाटोमा सारदाले भनेकी हरेक कुराहरु सम्झिन्छिन र अतालिन पुग्छिन। अस्ती तल्लो घरको साउनी काकीले "अब तिम्रो भाई/बहिनी आए पछी त तिम्रो भाग चकलेट, चाउचाउ, बिस्कूट, सबै तिम्रो भाई/बहिनीले खाईदिन्छ, तिमीलाई त केही नि बाँकी रहदैन, मामुले त अब सबै भाई/बहिनी लाई किन्दिने रे, तिमीलाई कस्ले किन्दिन्छ अब?" भनेर जिकाउदै भन्नु भएको कुर पनि सम्झिन। त्यतिखेर त सारदाले " अँ होला, मलाई त मेरो मामुले धेरै माया गर्नु हुन्छ, अनी त सबै मैले पाईहाल्छु नि" भन्दै मामुको अनुहार हेर्दै "हगी मामु" भनेकी थिईन। तर अहिले त्यो सबै "सत्य त होइन?" भन्दै सोच्दै बसेकी थिई।

ढोका एक्कासी खोलेको आवाजले सारदा झस्किन्छिन।

"के भयो नानु, किन तर्सिनु भको?" सुमिता माइजूको आवाज सुनेर सारदा आँखा मिच्दै माइजू भए तिर लगिन। "माइजू, मामु खोइ?" --- "मामु त बहिनी लाई लिन अस्पातल जानु भा'को छ। भरे बहिनीलाई लिएर आउनुहुन्छ। नानुलाई बहिनी मन पर्छ कि भाई?" माइजूको कुरा सुनेर सारदा छक्क पारीन र एकछिन पछी जवाफ दिइन। "मलाई त बहिनी नै मन पर्छ"।सारदा मन मनै सोच्न पुग्छिन, "अनिताको त भाई भएर पो.......... मेरो त बहिनी......... मलाई त मामुले पहिलेको जस्तै माया गर्नु हुन्छ" सारदा आफ्नै दुनियाँमा दँग पर्दै सोचमा दुब्छिन।

त्यतिकैमा मामु पनि बहिनीलाई लिएर घर आईपुग्नु हुन्छ र सबैजना बहिनीलाइ मत्र धेरै माया गरेको देखेर सारदाको मन खिन्न हुन्छ। सारदालाइ खाजा पनि खन मन लाग्दैन र आखामा आशु त्यतिकै भरिएर आउछ। “मलाइ सधै स्कूल बाट आउनासाथ काखमा राख्नु हुने मामुले आज त मलाइ खाजा खाइस कि खाइनस भनेर पनि सोध्नु भएन” सारदाको मन भक्कनो परेर रोइरहेको थियो। त्यतिका बेर सम्म पनि कसैको ध्यन सारदा माथि नगएको देखेर सारदा आफै उठेर आफ्नो हजुर-बाबाको कोठा तिर लग्न पुग्छिन। अनि हजुर-बाबाको काखमा बसेर सुक्क सुक्क रुन थाल्छिन।

“होइन आज हाम्रो नानु लाई के भयो, किन रोएकि नानी तिमी?” हजुर-बाबा ले सोध्नु भएको कुराको कुनै जवाफ नपाए पछि हजुर-बाबा छक्क पर्दै सारदा लाई फेरि सोध्नु हुन्छ, “ नानु, ए नानु, के भयो बा तिमीलाई, किन रोएकी?” हजुर-बाबाको ठुलो स्वर सुनेर सारदाको बोलि बल्ल-बल्ल अलि अलि फुट्न थाल्यो। “ आज म स्कुल बाट आ उदा घरमा त कोई पनि हुनु हुन्न थियो। मामु पनि अस्पताल जानु भएको रे, बाबा पनि बहिनी लाई नयाँ नाना किन्न जानु भा'को रे, मलाई त कसैले पनि माया गर्नु हुन्न रे अब त। मामु ले पनि अब त बहिनी लाइ मात्र माया गर्नु हुन्छ। मलाई त…!!” कुरा नसकिदै सारदाको बोलि हराएर गयो। सारदाको मनमा चट्टान बज्रिएको थियो। हजुर-बाबाको छातीमा टाँसिएर रोइरहेको सारदा लाई देखेर हजुर-बाबाको पनि आखा रसायो। “धत नानु, त्यस्तो कुरा पनि गर्ने हो त।।? बहिनी त अहिले सानो छ, हिड्न पनि सक्दैन, बोल्न पनि सक्दैन, नानु जस्तो बलियो पनि भा'को छैन, त्यही भएर पो सबैले बहिनी लाइ हेरचाह गरेको त।” सारदाले हजुर-बाबालाई टुलुटुलु हेर्दै थिई र हजुर-बाबा भन्दै थिए, “अब त नानुले पनि बहिनी लाइ माया गर्नु पर्छ, बहिनीको हेरबिचार गर्नु पर्छ, तिमी सानु हुदा तिमीलाई पनि सबैले त्यस्तै माया गर्नु भएको थियो नि” हजुर-बाबाको कुरा सुनेर सारदाले जवाफ दि ईन। “ अँ होला, मलाइ त थाहा छैन” सारदाको कुरा सुनेर हजुर-बाबाले हास्दै भन्नु भयो, “तिमी सानु थियौ नि त, अनि कहा बाट थहा हुन्छ त” “अनि के, बहिनीलाई पनि केहि थहा हुदैन त पछि?” सारदाले छक्क पर्दै सोधिन। हजुरबाबा- “हुदैन नि, ल अहिले बहिनी सँग गएर कुरा गर त, उसले केहि जवाफ नै दिन सक्दिन। त्यसैले त सबैजना मिलेर बहिनीको हेरचाह गर्नु पर्छ नि”। हजुरबाबाको कुरा सुनेर सारदाको मन अलि हलुका भयो।

हजुर-बाबाले सारदाको हाथ समातेर बहिनी भएको ठाँ उमा लिएर जानु भयो र उसलाई बहिनी भएको ठाँ उमा छोडेर जानु भयो। बहिनी सँग खेलिरहेको सारदा लाई देखेर उसको मामु आत्तिदै ठुलो स्वर पारेर कराउनु भयो। “सारदा, के गर्दै छस बहिनी लाई? नचला” सारदा झसँग भ ईन, मामुको आवाज र त्यसमा भएको कडक सुनेर सारदाको मन थामिन सकेन र भक्कानो छोडेर रुन थलिन। यसरी रोएको देखेर मामु अचम्ममा पर्नु भयो र सारदा लाई काखमा राखेर फकाउदै भन्नु भयो, “बहिनी अहिले सानो छ, तिमीले बहिनीलाई चलाउदा बहिनीलाई दुख्छ कि भनेर पो कराएकि त मैले, अहिले त बहिनीलाई छोए मात्र पनि दुक्छ। बोल्न सक्दिन नि अहिले, भोलि-पर्सि अलि ठुलि भएपछि सँगै खेल न है नानु” मामुको कुरा सुन्दै रोइरहेकि सारदा को मुख बाट एक्कसि -“मलाई पनि अलि अलि माया गर्नुस् है मामु”- सब्द निस्कियो। मामुको आँखा बाट आँशु टप्प टप्प चुहिन थल्यो। सारदालाई अँगालोमा च्यापेर मामुले भन्नु भयो “म नानुलाई माया गरिहल्छु नि, तिमी किन डराएकि” सारदा मामुको काखमा बसेर रोईरही- रोईरही।। बस रोईरही!!




(......कतै तपाईं हामीले पनि यस्तो सानो गल्ती त गरेका छैनौ? जुन सानो गल्तीले एउटा नाबालकको मन रोइरहेको त छैन?............. )

Wednesday, 23 July 2008

तिम्रो बिहे को कुरा चल्दा

धेरै कम मान्छेहरु हुन्छन,
जो आफ्नो मनले रोजेको केटीको
बिहेको कुरा चल्दा रमाउने गर्छन्,
त्यही कम मान्छेहरुमा म पनि एक हुँ !!

जब तिम्रो बिहेको कुरा चल्यो,
मेरो मनमा जिबन् को ज्योति बल्यो,
तिमी लाइ सप्तरँगी साडी ओढाउदा,
मेरो सिरमा ढाकाको टोपी धल्कियो,

तिम्रो सिउदोमा सिन्दूर् पर्दा,
मेरो नजर तिम्रो सिउदोमा थियो,
तिम्रो लागि पन्चे बाजा बज्दा,
म हर्सले नाचिरहेको थिए,

तिमीलाई सिङ्गारिएको मन्डपमा राख्दा,
म तिमिलाइ नै हेरिरहेको थिए,
तिम्रो अघि पछि जन्ती हिड्दा,
म तिमी सँग हिडिरहेको थिए,

तिमीलाई हाम्रो घरमा पुर्याउदा,
मेरो आमाले स्वगत गरिरहनु भएको थियो,
तिमी सँग मेरो पनि नँया जिवन सुरु भएको थियो,
किन भने त्यो बेहुला म नै त थिए,

Tuesday, 15 July 2008

गजल (एक कोशीस)

बिहानिको शीत सँगै झरे पनि याद हरु,
घाम का यि किरण सँग जुड्छन फेरी साथ् हरु,

अझै पनि मेरो मनमा तिमीलाई नै सजएको छु,
समाज ले भड्काइदिए बनी सकेका बात हरु,

तिमी बिना मुहारको हासो पनि खल्लो लाग्छ,
समेट्दैछु बिख्रिएर भात्किएका आँट हरु,

मुटु पोल्छ अझै मेरो निस्ठुरिको दाग लाग्दा,
तिमीले नै पढएका हौ पिरती का पाठ हरु,

Saturday, 17 May 2008

Adhuro kabita

बिछोड लाइ जिताउनु मा तिम्रो पनि हात होला,
पराइ भनी लत्‍याइदिने यो समाजमा चलन चल्‍यो,
हासुन जेल साथ दिइ सुन्‍यता मा छोडी जादा,
मदिराको साथसँगै सारा जिवन त्‍यसै ढल्‍यो,

तिमी एक मायाकी सागर,
म एक यात्रि हुँ प्रेमको,
तिम्रो मायाले तान्दैछ,
डोर्याउदै छ, अनि म डोहोरिदै छु,

तिम्रो ति आँखा नशाले भरिएको,
म मात्तिदै छु,ति नजरको नशामा,
होस हराउदै छ, मध्होसी छाउदैछ,
म बेहोसिदैछु, नब्युँझने आशामा,

मलाई लुक्न देऊ, तिम्रा ति गाँजलू आँखामा,
मलाई गुन्-गुनाउन देऊ, तिम्रो सूरीलो भाकामा,
मलाई मात्तिन देऊ, तिम्रो मायाको नशामा,
मलाई निदाऊन देऊ, तिम्रो कोमल ति काखमा,

Friday, 16 May 2008

Wednesday, 14 May 2008

Chandani

Despite the place,
That I'm now in,
This corner of my life,
That tells where I've been...

Despite the set backs,
That I face,
Or of the tears,
That leaves a trace...

Despite the time,
That distance brings,
Or life's little quirks,
And all other things,

Despite that fact,
That I still live,
Memories of a past,
I can't forgive...

Despite the rains,
That floods the trail,
Despite life's winds,
A force of gale...

Despite the moon,
Laying hidden behind,
The tracks I time,
Within my mind,

Despite harsh words,
Whispered aloud,
Or of the sun,
Behind the clouds,

Despite the way,
Life comes about,
My love for you,
There is no doubt...!!

(A creation of chandani)

Ohh yes life is the game.

Dream breaks, only when u break the promise,
You don’t realize when you jump on her kiss,
Yes it does hurt and the same way of pain,
Once you realize it, it will never repeat again,

Sadness and unsuccessful is what you think,
Kisses and happiness is there in the link,
Just you click on and cheer up your mood,
Leave that depression on the side for good,

When night starts, just look up that moon,
With the hope may she is looking the same,
You will find her face in it the one you love,
Life is to live with happiness that is the game…

Ohh yes life is the game.

-Ram

I was sort of hoping,

I was sort of hoping,
That you would come along,
Like the answer to a prayer,
And the music to a song.

Like the kind of thing that happens,
At a special place and time,
That will change our lives forever,
Like a fantasy of mine.

The fantasy was there before,
I ever knew your name,
And now that I have found you,
We will never be the same.

So, pardon, if I look at you,
Forgive me if I stare,
At the fantasy I knew before,
I saw you standing there.

For I was always hoping,
That you would come along,
Like the answer to a prayer,
And the music to a song

-Ram

A pain but the truth

A pain but the truth


A pain, a strange feeling, hurt and sorrows when somebody is leaving you Even if you know that he/she is leaving you for good sooner.

It was just a few years back, I left home and my family members all with fit and fine. She was the one who were bit worried of. She was fit and fine as well with a many smiles when I visit her last time in my vacation. I was just about to depart. She was standing beside my dad and weaving her hands, and her eyes were looking for me until I cross the main gate. As I could see, a mysterious smile in her face with painful tears in her eyes when I hugged her and did last goodbye kiss. She was acting as if we can never see each other. I look back from the main gate, she was still looking at me with the big glass in her eyes. Yeah she was my granny, the most beautiful woman in the world.

It was last week, my dad called me for an immediate visit to back home. I wondered and tried to ask for the reason. I found out my granny is seriously ill and been hospitalize since last 2 weeks. She wanted to see me for the last time. It was her desire to see me and talk few words before she leaves for heaven. I did not even noticed how quick I managed to get ticket and flown to Katmandu.

No one was in the airport, neither any of them were answering the phone. I was just panicking and at the same time trying to get home as quickly as possible. I took the taxi and rushed to head. Most of my family were silence with the full of tears in their eyes. Finally my younger brother came to me with full of tears and hugged me. Bag dropped from my hand and from nowhere my eyes came full of tears with a kind of strange pain inside. I reached there just about an hour after she left for her journey to heaven. She tried her best to wait for me but could not wait anymore. I could not even say last goodbye with my pleasure kisses. How UNFORTUNATE I was.

I just found her memories, her pictures all over the walls, an old eyeglass, her LAURI, and empty room. That is all. How UNFORTUNATE I was. I am SORRY granny. I am SORRY.

(Dedicated to my late granny)
Based on imagination
Ram

Tuesday, 13 May 2008

कठैबर....

चम्किलो त्यो सूर्यको किरण,
फेरि अन्धकार रातमा हराउन पुग्छ,
अनकन्टार त्यो कहालि लाग्दो दहमा,
निर्मल यि भावनाहरु डुब्न पुग्छ,

कठैबरा यि भावनाहरु चर्किन खोज्छ,
यि मनहरु त्यसै-त्यसै अतालिन पुग्छ,
आँखाहरु सुस्ताएर बन्द हुन खोज्छ,
बिश्वाशको धागो फेरि चुंडिएको जस्तो लाग्छ,

तर....., तर हे बिचलिएका भावनाहरु,
अतालिदै रोएको तिम्रो मनहरु,
सुस्ताएर अचल भएका आँखाहरु,
अनि अन्धकारमा हराएका दिनहरु,

पिर नगर,
ति हिमाल छुने सूर्यका किरणहरु,
भोलि फेरि फर्केर आउनेछन,
रात्रि त केवल मार्ग हो गन्तब्यको,
दिन भोलि सूर्य फेरि टक्र्याउने छन,

सपनिहरु फेरि किन भत्किन खोज्छन?
पाईलाहरु डगमगाई किन ढल्न खोज्छन?
आशाको दियोहरु बिस्तारै निभ्दैछ,
अनि आँशुका थोपाहरु परेली कै बाटो किन रोज्छ?

तर.....,तर हे भत्किएका सपनिहरु,
डगमगाई लर्बराई रहेका पाईलाहरु,
निभ्न लागेका दियोको अन्तिम किरणहरु,
अनि आँशुले भरिएका प्रिय परेलीहरु,

किन चिन्ता गर्छौ, किन पिर मान्छौ,
के बगेको अनमोल आँशुहरु नरोकिएला त??
किन निराश हुन्छौ, किन हरेस खान्छौ,
के भत्किएका सपनिहरु फेरि पुरा नहोला त???


[ Chamkilo tyo surya ko kiran,
Feri andhakar raat ma harauna pugchha,
Anakantar tyo kahali lagd daha ma,
Nirmal yi bhawana haru dubna pugchha,

Kathaibara yi bhawana haru charkina khojchha,
Yi mann haru tesai tesai atalina pugchha,
Aakha haru sustayera banda huna khojchha,
Biswas ko dhago feri chudiyeko jasto lagchha,

Tara hey bichaliyeka bhawana haru,
Atalidai royeko timro mann haru,
Sustayera achal bhayeka aakha haru,
Ani andhakar ma harayeka din haru,

Pirr nagara,
Ti himal chhune surya ka kiran haru,
Bhli feri farkera aaunechhan,
Ratri ta kebal marga ho gantabya ko,
Dinle bholi surya feri takraune chhan

Sapani haru feri kina bhatkina khojchha?
Paila haru dagmagai kina dhalna khojchha?
Aasha ko diyo haru bistari nibhdai chha,
Ani aasuka thopa pareli kai bato kina rojchha?

Tara hey bhatkiyeka sapani haru,
Dagmagai larbarai raheka paila haru,
Nibhna lageka diyo ko antim kiran haru,
Ani aashu le bhariyeka priya pareli haru,

Kina chinta garchhau, kina pirr manchhau,
K bageko anamol aashu haru narokiyela ta??
Kina niras hunchhau, kina hares khanchhau,
K bhatkiyeka sapani haru feri pura nahola ta??? ]

-Ram

Sunday, 6 April 2008

के यो प्रेम त हैन...

तिम्रो सम्झनामा दिन बिताउदै छु,
मन मनै तिम्रो तस्बिर सजाउदैछु,
के भो मलाई म आफैलाई थाहा छैन,
सपनिमा आउछ्यौ सधै, के यो प्रेम त हैन??

आँखा वरिपरि घुमिरहन्छयौ,
चारै तिर सुबास छरिरहन्छ्यौ,
हराउछु म आजकाल कतै तिमीले मलाई,
मन भित्र लुकाएर राखेकि त छैनौ??

जिन्दगी मेरो ओझेलमा छ,
तिम्रो आगमनको प्रतिक्षामा,
साथ कसैको खोजिरहेछ,
हरपल डुबिरहेको छु तिम्रो सम्झनामा,

ओझेल यो जिवनलाई हरियालि बनाई देउ,
उदास यो जिवनमा मायाको रँग खन्याई देउ,
नमरुञ्जेल सम्म तिम्रै साथ हुन्छु,
सयपत्रि फूलको माला झैं यो माया गांसिदेउ,

यो आँखाले पर्खिरहेछ,
बसेको छु मनको ढोका उघारि,
सजाएर राखेको छु तिम्रो मुहार,
यो मुटुको भित्ता(पन्ना) भरि,


-Ram
(For Sumi)

(timro samjhana ma din bitaudai chhu,
man manai timro tasbir sajaudai chhu,
k bho malai, ma aafailai thaha chhaina,
sapani ma aauchhau sadhai, k yo prem ta hoina??

aakha waripari ghumirahanchhau,
charai tira subas chhari rahanchhau,
harauchhu ma aajkal katai timi le malai,
mann bhitra lukayera rakheki ta chhainau??

jindagi mero ojhel ma chha,
timro aagaman ko pratikshyama,
sath kasaiko khojirahechha,
harpal dubiraheko chhu timro samjhana ma,

ojhelo yo jiwan lai hariyali banaideu,
udas yo jiwan ma mayako ranga khanyaideu,
namarunjel samma timrai sath hunchhu,
fsayepatri ko phool jhai yo maya lai sajaideu,

yo aakha le parkhirahechha,
baseko chhu mann ko dhoka ughari,
sajayera rakheko chhu timro muhar,
yo mutu ko bhitta (panna) bhari,)

Thursday, 3 April 2008

मर्न पनि सकिन...

दाग लाग्‍यो मायाको,
समाजले बाच्‍न दिएन....!!
सम्‍झनाले आदि ज्‍यान गईसक्‍यो,
जाने कुनै बाटो थिएन.......!!

मर्न पनि सकिन त्रिशुलिमा हाम-फालेर...
बाच्‍न झनै गार्हो भो दुनियाको रिस पालेर...

दोष लाग्‍यो धोकाको,
सफाईको मौका दिएन.....!!
नाना थरि भन्‍नेलाई के भनौ,
मेरो लागि कुनै शब्‍द थिएन...!!

मर्न पनि सकिन पिपलको रूखमा झुण्‍डिएर...
बाच्‍न झनै गार्हो भो समाजको बचन सुनेर...

आशु खस्‍यो तप्‍प चुहिएर,
स्‍‍वर्गबासी पतिको तस्‍बिर मा...!!
न त छ पोते तिलहरि गला मा,
न त सिन्‍दरले भरिएको सिउदो सिर मा...!!

मर्न पनि सकिन एक मुठ्‍ठी बषको रस पिएर....
बाच्‍न झनै गार्हो भो नपखालिने दग धोएर...

छिटै लिन आउनु होस यमराज,
मेरो मर्म बुझ्‍ने कोहि छैनन् यहा...!!
जान चहान्‍छु म छिटै त्‍यहा,
मेरो पति पर्मेस्‍वर छन जहा...!!

मर्न पनि सकिन त्रिशुलिमा हाम-फालेर....
बाच्‍न झनै गार्हो भो दुनियाको रिस पालेर...

-Ram

Thursday, 27 March 2008

रिस

रिसले मान्छेलाई बिगार्छ,
मूल्यहीन र तुच्छ प्राणी बनाउछ,
जसले पश्चाताप गर्छ,
सुध्रिन्छ,नगर्ने कुहिन्छ अनि गन्ह्याउछ,

रिसको बेग उच्चतम हुन्छ,
बसमा नराखे बिबेकलाई सडाउछ,
नबुझि रिसराग राख्नेले,
आफ्नो खुट्टा तानि आफैलाई लडाउछ,

बसमा राख्न सिके यो रिसलाई,
मित्रताको साईनो यो कहिल्यै टुट्‍दैन,
अरुलाई नानाथरि भन्ने बानी बसाले,
नराम्रो यो बानी जिवनभर छुट्दैन,

पापको धुरि चढेर जित्ने यो मानब जति,
चिप्लिएर खुट्टा फुत्‍त भुईमा झर्नेछन,
पश्चाताप गरि मन हलुका पार्ने हरु भने,
गल्ति सुधारि फेरि अगाडि बढ्ने छन,

बसमा राख्नु श्वार्थपनलाई,
आफ्नो इन्द्रिय सँग कहिल्यै नहार्नु,
पश्चाताप गरि बरु माफि माग्नु
मित्रतालाई दोष लगाई कहिल्यै नमार्नु।

-Ram

Tuesday, 25 March 2008

श्रीमतीज्‍यू के छ खबर....???

कुरा कानी नभाको नि बर्ष दिन भईसक्‍यो
एक पछि अर्को गरी सबै ऋतु गईसक्‍यो
रूदैछौ कि एकान्‍तमा खबर पनि पा छैन
मेरी श्रीमतीज्‍यूको चिठ्‍ठी पत्र आ छैन
श्रीमतीज्‍यू के छ खबर???

कति बस्‍छौ रुदै एक्‍लै कति आसु खसाल्‍दै?
पिर ब्‍यथा सबै एक्‍लै झेल्‍ने बानी बसाल्‍दै?
कहा गई पोख्‍छौ बर आफ्‍नो मनको ब्‍यथालाई
कस्‍लाई गई सुनाउछौ र बेदनात्‍मक कथा लाई
श्रीमतीज्‍यू के छ खबर???

मन त्‍यसै रुन्‍छ होला मेरो तस्‍बिर हेरेर
नभन्‍नू है ब्‍यर्थ आऐ आफ्‍नो माईती छोडेर
खुशी हरू सथ बोकि आउछु फेरि फर्केर
चिठ्‍ठी पत्र पठाऊनु है मनको कुरा लेखेर
श्रीमतीज्‍यू के छ खबर???

सपनीमा भए पनि एकछिन भेट्‍न आईदिन्‍छौ
मेरो लागी दिन भरिको सारा खुशी ल्‍याईदिन्‍छौ
रूदैछौ कि एकान्‍तमा खबर पनि पा छैन
मेरी श्रीमतीज्‍यूको चिठ्‍ठी पत्र आ छैन
श्रीमतीज्‍यू के छ खबर???


तिमीले पत्र पा छैनौ कि लेख्‍न अलि भ्‍या छैनौ
प्रतिक्षा मा छु म आज सपनिमा आ छैनौ
कुरा कानी नभाको नि बर्ष दिन भईसक्‍यो
एक पछि अर्को गरी सबै ऋतु गईसक्‍यो
श्रीमतीज्‍यू के छ खबर??

-राम

Thursday, 20 March 2008

जय शम्भो,

बाग्मतीको किनार मा,
सानो ए उटा ढुङ्गा छ,
त्यो ढुङ्गा को अलिक् पर,
फूल को ए उटा थुङ्गा छ,

सिढी चढ्दै गए म,
फूल् को थुङ्गा टिपेर,
बाहुन् बाजे बसेको रहेछ,
गाइ को गोबर् ले लिपेर,

प्रणाम गरे धोक म पुगी,
शिर् मैले झुकाइ,
शान्त मन् ले दर्शन गरे,
मन को मैलो लुकाइ,

वरि परि घन्टी को टन टन,
पारि तिर रैछ बादर् को नाच,
तिज को मेला लगेको रहेछ,
लौ है कान्छी कम्मर भाच,

भर्खर भर्खर घरजम भाको,
पशुपति नाथ् को दर्शन गर्न गाको,
मैले नि भने जय शम्भो,
भाङ र धतुरो अलि कम भो,


[Bagmati ko kinara ma,
Sano euta dhunga chha,
Tyo dhunga ko alik para,
Phool ko euta thunga chha,

Sidhi chadhdai gaye ma,
Phool ko thunga tipera,
Bahun baje baseko raichha,
Gai ko gobar le lipera,

Pranam gare dhoka ma pugi,
Shir maile jhukai,
Santa mann le darshan gare,
Mann ko mailo lukai,

Wori pattii ghanti ko tan tan,
Pari tira raichha badar ko nach,
Tiz ko mela lageko raichha,
Lau hai kanchhi kammarai bhach,

Bharkhar bharkhar gharjam bhako,
Pasupati ko darshan garna lai aako,
Maile ni bhane jai sambho,
Bhang ra dhaturo ali kamm bho,]

-Ram

Wednesday, 19 March 2008

Open Blue Sky

The heart flutters like the butterfly.
Uneasy, romantic, colourful,
Always on a high.
Not sure what it wants,
Not sure what it'll get.

Hopping from one bright flower to another,
Looking for some solace, some nectar.
Believes the bright colors will rub on,
And it will have a red rose of its own.

It flutters over the bud,
pamper it...
Caresses it...
Plays with it...
And the world gets centered around it.

But one fine day,
The bud withers away,
The heart is broken,
Sad and forlorn.

Till it spots another at a distance.
And the never ending story starts again...

Only if the butterfly could see itself in the mirror.
How see beautiful it is.
More beautiful than all the roses and flowers in the garden.
It would fall in love with itself.
And fly away singing, carefree in the open blue sky.

I Love You...

You are not just a sweet little girl,
But also a daughter, sister and fren,
You are not just a wise responsible woman,
But also a light of new generation as a faster train,

Everyone dreams as you do,
How beautiful your dream, all clean and clear,
In a sort terms from a sweet little gal,
Became student, teacher & wife, then and there,

However, for me, you are just you,
Seems always dear to me as always I do,
Cannot find the word I wanted to say,
It would not be enough if I just say I love you,


-Ram
(for you sumi)

Wish...

Neither has you needed to sing a song,
Nor try to find out the words,
Rhythms that I could hear in my ear,
Your heartbeats play as the chords,

Neither has you needed to know the story,
Nor need to tell me every night,
Just look at me with those eyes,
That makes my heart feel light,

Neither has you needed to write a poem,
Nor my eyes go anywhere else,
You know I am always besides you,
People may take it as a false,

-Ram

Talk or drive....

Conversation between a couple (husband and wife)
Husband is a great stage performer, and the wife is a housewife.

Wife dials a number 98510-99999

The mobile starts ringing…

Husband:hello dear,
Wife: hello hajur, programme kasto bhayo?
Husband:It went great. Aaja tarkari k banayeu??
Wife: aalu-govi, golbheda ko achar ra daal,
Husband: Kids k gardai chhan ni??
Wife: Video game kheldai chhan. Ani ma hajur lai kurera baseki…!!!
Husband: Aaja stage performs garda timilai sarai miss gare.
I love you my sweetheart.
Suddenly wife hears a sound of broken glass. Husband keeps silence. Wife keeps asking, “K bhayo hajur, yey hajur”…??
Husband never answers, in a while she hears an ambulance siren, “dhutu-dhutu”….. !! And one of the officer answers the phone.

Officer: hello madam,
Wife: hello who is there, and where is my husband?
Officer: (keeps silence and thinks what to say.)
Wife: why are you not answering me? What is wrong?
Officer: (officer collects some guts and answers the lady) sorry madam, he is no more.

Wife goes quite; a word doesn’t come out of her mouth. Her eyes turn full of tears and goes up to her lips.


(A telephone conversation and driving doesn’t go together, choose one of them at a time.)

life.. (getting old)

One day a folding chair,
Next day the fifth gear,
Thinking of those glorious days,
Sharing to all, the famous says,

Oh yeah,
I used to have those days,
Where I could get peace n place,
Where I just used to put my words
And others used to add some chords,

Oh yeah,
Those were for just a while,
Which I kept in my inner file,
Loads of tears n loads of pain,
That’s what I lost and I gain,

Oh yeah,
I always compare now n then,
That's what I lost n I gain,
I am still waiting for,
Those days to come back again,

Oh tell me,
It is me or just my illusion,
Breathing slowly with no motion,
Getting old, still using these brains,
Why don't we think of Preservation?

now i know,
I gained more then what I lost,
should live happily, it doesnt cost,

-Ram

Innocent Tears,

innocent tears of your eyes,
drops upto your lips, but...
Beloved ones are always there,
You just got to open the door.

Crying alone is not the one
What you supposed to do,
There are many crying with
Who exceedingly loves you,

The one who understands,
Your emotions and feeling
You got a lot more around you,
To support and for healing.

You got everything all around,
But you still feel like alone.
Love you always like this,
However there is nothing can be done,

Someone else is crying with you,
Your tears are just priceless.
You are certainly a diamond for me,
And so am i for you I guess.

Time certainly did fly,
But bliss is always present for you.
(including me....)

-Ram
(for you sumi)

बाल्यकालमा फर्कने रहर..!!!

तिम्रो काखमा फेरी एकपल्ट,
निदाउन मन लागेको छ,
फेरी त्यही बाल्यकालमा,
फर्कने रहर जागेको छ,

चन्द्र सुर्य तिम्रो लागि,
यो धर्तीमा ल्याउने आशामा,
खोज्दै गएं अनि सोध्दै गएं,
हरेक ठाँउ अनि अनेक भाषामा,

तिमी बाट टाढा भएं,
मुटुमा आँशु जमाएर,
खुशी राख्ने सपना मेरो,
तिम्रो लागि डलर कमाएर,

शायद भूल गरे कि आमा,
तिमीलाई छोडि टाढा हुंदा,
मुटु मेरो चर्किन्छ झन,
आमा तिमी एक्लै रुंदा,

हेर्दै होलाउ मेरो बाटो,
कहिले छोरा आउछ भनि,
भित्ते पात्रो ओल्टाई पल्टाई,
दिन महिना बर्ष गनि,

कमजोर भाको छैन आमा,
बिश्वास र मायाको डोरी,
आउदैछु म फेरी फर्कि,
जान्न अब तिमीलाई छोडि,

आमा जान्न अब तिमीलाई छोडि!!!

Ram
(Only for you mom)

सुन्तलीको ब्यथा

बिस्कुन सुका छु पालीमा,
गाई सारि सकें आगनमा,
छोरालाई कोक्रोमा हाली,
सुताई आएं त्यो पिंढीमा,

के गर्नु, मेलापात नगरि,
घरको चुल्हो जल्दैन त,
मत्तितेलको टुकी नबालि,
अधेंरोमा बत्ति बल्दैन त,

हली लाउने आई सकेछन्,
खेतालो नि जम्मा भए,
पर्म जाने पालो पो थियो कि,
हतार भयो ल म त गएं,

छुपु-छुपु धान रोप्दै छ,
मस्किदै छन् हेर ति जोडी,
दुई जिउ कि म एक्लि हुंदा,
खसम गयौ मलाइ छोडि,

साईली भाउजु आउनु भयो,
साईला दाईलाई खाजा बोकि,
अल्पत्र पारि मलाइ खसम,
शहरमा हराको पो हो कि,

बजार पनि जानु छ,
एक बिसौली चिनी अनि एक चौथाई तेल,
खुर्सानी एक पाउ साहुजी,
खातामा लेख्नु है आजको किनमेल,

उधारो नि दिन्न भन्छन्,
आजकाल साहुजी खाताको पन्ना गन्छ,
कति लिनु उधारो नि,
रिनै रिनमा डुबि सकें,

पधेंरो पो जानु थियो,
पानी भरि ल्याउनु थियो,
तारे माले कराउदै छ,
घाँस पनि हाल्नु थियो,

भुन्टेको बाउ बिदेशिएको,
भै सकेछ चार बर्ष,
छोरोले अनुहार देख्न पाए,
हुने थियो कस्तो हर्ष।।

-Ram
(dedicated to all woman who lives in village with all these problems)

And that is...

Purity is always there in your heart,
From you which never can be apart,
None will be able to take it out,
That’s what I was talking about,

No matter how happy you are,
Neither does how much I am in pain,
My love increase day by day for you,
It counts from the first day and ever after then,

No matter how hurt you are,
No matter how much you are in pain,
My love doesn’t decrease,
For the sympathy I have for you again,

And that is…..
Because I love you, how much I don’t know,
Never calculated, but it’s in the highest though,
But for sure, I love you more and more each day,
Because that’s how I do and feel like that’s the way,

-Ram
(dedicated to you-sumi)

i do care of you

I always do care of you,
there is nothing I can do,
you are always near to me,
in fact I have opened my heart for you,

Faith is a part of friendship,
you may not need to handle it,
touching does not bother at all,
but let me just have a look a bit,

I am not a part of your life,
in fact you are surely of mine,
cant make u fall on anyone,
I see you always there in shine,

I aint need to come in your life,
cozs u r always in my heart,
no hope neither the promise can be made,
cozs u will never be apart,

love is not a trade,
neither it need to be hide,
infact i am just next to you,
caring with protection, standing by aside,

dreams are too high but I cant fly,
water seems deep so ok in the ground,
can you let me in your heart?
or can you let me be your around?? !!!

- Ram
(for sumi)

भएछ खरानी जलेर ।।

गाँजलु आँखा ओभानो भै सकेछ,
सकिएछ... झरेछ आँशु चुहिएर...!!
कलकलाउदो यि हरियो पालुवा झैं जिवन,
धुँवा बनि उडेछ... भएछ खरानी जलेर...!!

मायाको एक अनौठो अनुभब,
यादहरु ओईरिएछ, बिचलिएर...!!
पिरतीको यो अनौठो बिश्वास,
माया झन गाढिएछ, तिखारिएर...!!

देखेको थिए कति सपनीहरु,
आँशुमा डुबेछ, बगेछ पखालिएर...!!
बुनेका थिएं कति धेरै खुशीहरु,
टुक्रिएछ, छरिएछ लथालिङ्गिएर...!!

बटुलेको थिएं कति मिठो यादहरु,
हावाले उडाएछ, गएछ बतासिएर...!!
साँचेको थिएं कति धेरै माया,
मुटु भित्रै निचोरिएछ अतालिएर...!!

आँखाको त्यो अमूल्य आँशु,
झरेछ थोपा थोपा बर्सेछ गर्जिएर...!!
मुटुमा चट्टान खसेछ अझै,
थिचेछ आफैलाई, पछारिएछ बज्रिएर...!!

अबिश्वासको त्यो कमजोर खम्बा,
चर्किएछ, लडेछ भत्किएर...!!
नशामा डुबेको ति अचल आँखा,
पछारिएछ, ढलेछ मात्तिएर...!!

गाँजलु आँखा ओभानो भै सकेछ,
सकिएछ झरेछ, आँशु चुहिएर...!!
कलकलाउदो यि हरियो पालुवा झैं जिवन,
धुँवा बनि उडेछ, भएछ खरानी जलेर...!!

भएछ खरानी जलेर ।।

-Ram

अन्तिम श्वास

हरेकपल्ट श्वास लिदा अन्तिम श्वास पो हो कि जस्तो,
चाहाना छ मुटु भरि मेरो माया किन यस्तो........!!

तिमी बिना जिवन मेरो लक्ष्यबिहिन यात्री जस्तो,
लिई रहेछु अन्तिम श्वास मूल्यहिन र अति सस्तो....!!

पहाड भन्दा ठूलो थियो सागर भन्दा गहिरो,
मेरो मुटु आज हेर कतै बाढी कतै पहिरो....!!

माया लाउदा खुशी अनि उमंग र उत्साह देखे,
आफ्नो भाग्य थाहै नपाई चोट शहिद आफै लेखे...!!

आँखा भरि आँशु थिए सुकिसके आँशु पनि,
पिर माथि चोट अझै दिए सबै गनि गनि........!!

धिक्कार्दै पो छ कि मलाई यो धर्तीमा पठाउनेले,
सन्देश लिई आएहुन्थ्यो आज भोलिमा आउनेले...!!

हरेकपल्ट आँखा खोल्दा फेरि बन्द होला जस्तो,
मन भित्रका चाहाना यो बुझिदिए हुन्थ्यो कस्तो...!!

निष्टूरी यो तिमी होइन गुनासो नि मेरो छैन,
माया आफै बैरी भयो अन्तिम श्वास पनि गयो....!!

अन्तिम श्वास पनि गयो....!!!

-Ram

पछेउरीको छेवैले

रातो त्‍यो पछेउरीको छेवैले,
पुछ्दैछौ कि भिजेका ति परेलीहरु,
सम्हालेर राखिदेउ ति थोपाहरु,
खुशी बनाई फर्काईदिउंला बाचा भो बरु,

सम्झनाको गहिराईमा,
डुबाईछ्यौ कि लिएर मायाका ति यादहरु,
धैर्य गरि पर्खेर त्‍यही बाटो हेरि,
बस्नु सानु म आउछु फर्कि फेरि,

मखमली त्यो चोलीको टुनैमा,
बाँधिराख्याछौ कि मनैमा लिई आशाहरु,
सपनीमा आउँला नगर्नु मन भारी,
राख्नु मन भित्रको, सानु दुबै ढोका उघारी,

रातो त्‍यो पछेउरीको छेवैले,
पुछ्दैछौ कि भिजेका ति परेलीहरु,

-राम
( मुटुभरीको माया मेरी हजुरलाइ)

since u feel like i am gone

Since u feel like I am gone,
Yeah somewhere it’s still hidden,
But I am always here in front of you,
Waiting for you, nights and days all alone,

I always did love you, do and will be,
No matter even if you don’t care,
Just open your arm and call me,
I will be always standing for you there,

The feelings never can be hiding,
Nor the expression can be ignored,
My heart keeps crying all the time,
Ever since I came to know, u r bored,

I do and it always says that,
Every heart beats says I love you,
But can’t force u to say the same,
That I could never ever do,

You never missed your chance,
But yes, paused it for a while,
Yeah somewhere it’s still hidden,
Since u feel like I am gone,

You are always with me,
I have pictured you in my heart,
Things may change frequently,
But you will never be apart,

Since u feel like I am gone,
Yeah somewhere it’s still hidden,
But I am always here in front of you,
Waiting for you, all night and day alone,

-Ram
(don't feel like I am gone... I am still with you, forever)

सत्ते सत्ते

तिम्रो आँखा भन्दा अरु,
डुब्ने कुनै ताल छैन,
त्यो केशको रेशा झैं अरु,
चञ्चल कुनै छाल छैन,

तान्यो मलाई तिम्रो मायाले,
त्यही गतिमा म डौडिदैछु,
नयन भित्र डुबि सकें,
त्यही तालमा म पौडिदैछु,

तिम्रो हेराईमा नशा छ कि,
नजिकिदैछु दिनप्रतिदिन,
टाढा छोड्न सक्दिन म,
तिमीलाई यि आँखाबाट एकक्षण,

सपनी पो हो कि कतै,
हुन्छु कि म बेहोश मात्तिएर,
छल्किने हो कि कतै,
ब्युँझन्छु कि आत्तिएर,

नाँचिराछु जस्तो लाग्छ,
जिन्दगीको तरंगमा,
आयौ तिमी मेरो लागि,
खुशी बनि हर रंगमा,

तिम्रो मुस्कान भन्दा मिठो,
अरु कुनै मदिरा छैन,
तिम्रो न्यानो मायाको अगाडि,
यो बर्णन त केहि नि हैन,

सत्ते सत्ते
तिम्रो आँखा भन्दा अरु,
डुब्ने कुनै ताल छैन।

-Ram (for sumi)

रोकिने यो समय हैन...

सम्‍झन लाई मुटु भित्र,
कुनै ठाऊ बाकी छैन...!!
अरु लाई नै राखी सके,
तिमी यो दिल को भाका हैन..!!

आखा भरि सजाऊनलाई,
सपनीमा आऊनु पनि त पर्यो...!!
गीत बनाई गाऊनलाई,
शब्‍द हरु पाउन पनि त पर्यो...!!

हासी राख्‍न झुमी राख्‍न,
मलाई काहा फुर्सद छ र...!!
गुरास फुल्‍ने पाखा हरुमा,
गुलाफ फुले त के भो र...!!

याद तिम्रो आउन लाई,
कुनै त्‍यस्‍तो कारण छैन...!!
जाने लाई किन रोक्‍छौ?
रोकेर रोकिने यो समय हैन...!!

-Ram (based on imagination)

Thursday, 14 February 2008

Thursday, 10 January 2008